असार ३०, २०८२ सोमबार July 14, 2025

जेठ १९ गतेदेखि मकवानपुर गोल्डकप हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट मकवानपुर गोल्डकप हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने जनाएको हो ।

जेठ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला समन्वय समिति मकवानपुर र १० वटै पालिकाको प्रायोजन रहेको छ । एक विदेशी क्लब, ए डिभिजन क्लब सहित दशवटा क्लबहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले बताएको छ । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करिब १ करोड १७ लाख रुपैयाँ लागत अनुमान गरिएको जिल्ला फुटबल संघको अध्यक्ष टीकाराम लामाले बताए । प्रतियोगिताको लागि बागमती प्रदेश सरकारले ८ लाख, जिल्ला समन्वय समिति, मकवानपुरले ५ लाख, हेटौंडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य स्थानीय तहहरूबाट ४० लाख रुपैयाँ सहयोग गरिएको छ ।

प्रतियोगितामा साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, फ्रेन्डस् क्लब, खुमलटार युवा क्लब, क्यामरुनको एभिनिएर एफसी, सिमरा ११, बागमती युवा क्लब, सर्लाही, विजय यूथ क्लब, हेटौंडा र चितवन एफसीले सहभागिता जनाउने जिल्ला फुटबल संघ मकवानपुरका महासचिव छवि सुवेदीले बताए ।

फुटबल संघको जिल्ला अधिवेशनका कारण प्रतियोगिता सञ्चालन गर्न ढिलाइ भएको संयोजक प्रताप विष्टले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रिस्टारले जितेको थियो भने दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर ११ ले जितेको थियो । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार