काठमाण्डौं : गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ ।
पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् ।
यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले बुधबार यो नरसंहार गरेका हुन् ।
सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए ।
बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ । जसका कारण यहाँ दैनिक रुपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया