असार २४, २०८२ मंगलबार July 8, 2025

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा अफगानिस्तानमा भएको आतङ्कवादी हमलाको निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा भर्खरै भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । आक्रमणमा हजारा शिया समुदायका सदस्यहरू र अन्य नागरिकको ज्यान गएको थियो ।

“महासचिवले अफगानिस्तानको मजार-ए-शरीफ शहरमा यात्रुवाहक सवारी साधनहरू र काबुल शहरको मस्जिद शरीफ हजरत जकारिया मस्जिदलगायत भर्खरै भएका आक्रमणहरूको निन्दा गर्दै  दुःख व्यक्त गर्नुभएको महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विज्ञप्तिमार्फत सार्वजिनक गर्नुभएको छ।

गुटेरेसले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

उहाँले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

महासचिवले जातीय र धार्मिक अल्पसंख्यक लगायत नागरिकको संरक्षणका साथै स्वतन्त्र रूपमा आफ्नो धर्मको पालना गर्ने अधिकार सुनिश्चित गर्न पनि सबै पक्षहरूलाई आह्वान गर्नुभएको छ।

अफगानिस्तानमा तालिबान शासनको विरोध गर्दै आएको इस्लामिक स्टेट (आईएस) समूहले गरेको शृङ्खलाबद्ध बम आक्रमणबाट प्रभावित भएको बेला यो भनाइ सार्वजनिक भएको हो ।

काबुलमा बुधबार साँझको प्रार्थनाका क्रममा मस्जिदमा भएको विस्फोटमा कम्तीमा पाँच जना उपासकको मृत्यु हुनाको साथै अन्य १७ जना घाइते भएका थिए।

बुधबारको विष्फोटमा काबुलको प्रहरी जिल्ला (पीडी) ४ मा साँझको नमाजको क्रममा मस्जिदमा विस्फोट हुँदा कम्तिमा पाँच उपासकको मृत्यु भएको थियो र अन्य १७ जना घाइते भएका थिए।

हजरत-ए-जेकरिया मस्जिदमा मानिसहरू प्रार्थना गरिरहेका बेला विस्फोट भएको थियो।

मजार-ए-शरीफको तीनवटा भ्यान-बसमा लगातार विस्फोटन हुँदा नौ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका थिए । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार