कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले आज पदबबहाली गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख,वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् ।

गत काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित हुनुभएको छ ।

कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् ।

कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजय हुनुभएको छ । वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहनुभएका ईश्वरमान डङ्गोल विजय हुनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार