कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

आइजिपी नियुक्तिको अन्तिम सुनुवाई आजदेखी शुरुहुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल प्रहरीको आइजिपी नियुक्तिसम्बन्धि मुद्दामा मंगलबारदेखि सर्वाेच्च अदालतमा अन्तिम सुनुवाई हुने भएको छ । पेशी समेत स्थगत गर्न नपाउने गरी १७ जेठदेखि सुनुवाई गर्ने आदेश यसअघि २२ बैशाखमा सर्वाेच्चले दिएको थियो ।

धिरज प्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय बदरको माग गर्दै एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छिटो फैसला गर्न लागिएको हो । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले विपक्षी बनाइएका आइजिपी धीरजप्रताप सिंहले कार्यभार सम्हालिसकेको हुँदा अन्तरिम आदेश दिन आवश्यक नभएको निष्कर्ष सुनाएको थियो । रिटमाथि १७ जेठमा पूर्ण सुनवाइको पेसी तोकिएको छ ।

‘उल्लेखित मिति २०७९-१-१८ को निर्णय कार्यान्वयन भई मिति २०७९-१-१९ गते दज्र्यानी चिह्नसमेत प्रदान गरिसकेको भन्ने सम्मिलित हुन आउनुभएका विद्वान् महान्यायाधिवक्तालगायतका कानुन व्यवसायीहरूका बहसबाट समेत जानकारी हुन आएको छ । निवेदकले रोक्न माग गरेको निर्णय कार्यान्वयन भई विपक्षी धीरजप्रताप सिंहले काम सुरुसमेत गरिसकेको भन्ने देखियो । निवेदकले उठाउनुभएको कानुनी प्रश्नका सम्बन्धमा पूर्ण सुनुवाइका समयमा विवेचना भई न्यायिक निरुपण हुने नै हुँदा हाल निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

यो मुद्दा छिट्टै टुंग्याउने गरी इजलासले आदेश दिएकाले पूर्ण सुनुवाई हुन लागेको हो । १० जेठभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न र तीन दिनभित्र म्याद तामेली गराउन भनिएको थियो, जसमा सबै पक्षले जवाफ दिइसकेका छन् ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ मा पूर्ण इजलासबारे व्यवस्था छ । जसअनुसार संयुक्त इजलासका न्यायाधीशहरूबीच राय बाझिएका मुद्दा, राय वा निर्णय भिन्दाभिन्दै भई संयुक्त इजलासले पूर्णमा पेस गर्न भनेका मुद्दा, जटिल कानुनी प्रश्न समावेश भएका मुद्दालगायत सात प्रकारका मुद्दा हेरिन्छ ।

‘प्रस्तुत निवेदन प्रहरी प्रशासनको प्रमुख प्रहरी महानिरीक्षकको पदमा गरिएको बढुवा नियुक्ति कानुनबमोजिमको प्रक्रियाबाट नभएको भन्ने संवेदनशील प्रश्नसँग सम्बन्धित भएको र निवेदकको सेवा अवधि मिति २०७९-०४-२० सम्म मात्र भएको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनको सुनुवाइ छिटो छरितो रूपमा हुन आवश्यक देखिएकाले लिखित जवाफ पेस गर्न म्याद नथामिने गरी र दुवै पक्षका तर्फबाट पेसीसमेत स्थगित नहुने पूर्व जनाउ दुवै पक्षलाई दिई पूर्ण सुनुवाइको लागि मिति २०७९-०२-१७ गतेको पेसी तोकी निवेदक र विपक्षी धिरज प्रताप सिंहको व्यक्तिगत फाइल र निवेदनमा उल्लेखित मिति २०७९-१-१८ को प्रस्तावसहितको निर्णय मिसिलसमेत झिकाई नियमबमोजिम पेस गर्नुहोला,’ आदेशमा भनिएको छ ।

सरकारले एआइजी धिरजप्रताप सिंहलाई आइजिपीमा नियुक्त गरेपछि सो निर्णय बदरको माग गर्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए । वरिष्ठताक्रम मिचेर सिंहलाई सरकारले नियुक्त गरेकाले उनको नियुक्ति बदर गरी आफूलाई उक्त पदमा निमित्तका रूपमा नियुक्त गर्न उनले अन्तरिम आदेश माग गरेका थिए । पोखरेल १८ बैशाखदेखि नै बिदामा छन् । उनले २० साउनमा अवकाश पाउन लागेकाले उनको अवकाशको मितिलाई समेत ध्यानमा राखी सर्वाेच्चले सो मुद्दा छिटो टुंग्याउन चाहेको छ । यो मुद्दालाई प्रहरीमा ठूलो चासोका साथ हेरिएको छ ।

यसअघि जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय सर्वाेच्चले उल्टाएको थियो । आफु वरिष्ठ रहेको र पुराना नजिरका कारण पोखरेल आफ्नो पक्षमा फैसला आउनेमा आशावादी देखिएका छन् । तर, प्रहरी नियमावली भने आइजिपी नियुक्तिको अधिकार मन्त्रिपरिषद्लाई दिएकाले कार्यपालिकाको अधिकारमा सर्वाेच्चले हस्तक्षेप गर्न मिल्ने–नमिल्ने पनि तर्क रहेको छ । यो मुद्दामा निरन्तर सुनुवाई भए जेठभित्रै फैसला आउन सक्ने सम्भावना छ । तर, सरकार पक्ष भने मुद्दा लम्बाउने पक्षमा देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार