असार ३०, २०८२ सोमबार July 14, 2025

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचन असार ६ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आगामी असार ६ गतेको निम्ति तय भएको निर्वाचनसमेतको साधारण सभाका लागि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेर आज अपरान्ह साढे ५ बजेसम्म नामावलीउपर दाबी तथा विरोध गर्न पाइनेछ । भोलि निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने र पर्सि उम्मेदवारको योग्यता परीक्षणपश्चात् प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन समितिले पर्सि उम्मेदवारको प्रारम्भिक नामावलीउपर दाबी विरोधको समय तोकेको छ । शुक्रबार उम्मेदवारी फिर्ता र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ । एन्फामा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।

समितिले १२ जेठमा उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार