कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः स्वतन्त्र सांसद खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे माग गरेका हुन्।

निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको भन्दै उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

सर्वोच्च अदालतको हालैको फैसलाले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो। तथापि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ।

यो विमानस्थल निर्माणका लागि हालसम्म नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब खर्च गरिसकेको छ। विमानस्थल क्षेत्रमा पर्ने आठ हजार ५० हेक्टर जग्गा विमानस्थलका नाममा आइसकेको प्राधिकरणले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार