कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असार १२-१४ गते राष्ट्रिय भेला गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्त प्रकास वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।

बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरि ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।

‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि जुझारु संगठन र संर्घषको दिशामा अघि बढौ’ भन्ने नाराका साथ भेलाको आयोजना गरिने उक्त संगठनले जनाएको छ ।

यसैगरी, राष्ट्रियता, जनतन्त्र, जनजीविका र शैक्षिक विषयमा संर्घष गर्ने, जेल जीवन बिताइरहेका विकास राई लगायतको रिहा, जनक शिक्षा सामाग्री केन्द्रको बेथिति र भ्रष्टाचारको नियमन गरि समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका माग पनि संगठनले अघि सारेको छ ।

क्रान्तिकारीले महंगी नियन्त्रण, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न, पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक कर घटाउनुको साथै आयल निगममा विभिन्न बहानामा भइरहेको अनियमितता, भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ ।

यसैगरी, आफ्नै विद्यार्थीमाथि यौनजन्य हिंसा गर्ने शिक्षकलाई कडाभन्दा कडा कारवाही गर्न र मौका परीक्षाका लागि लामो समयदेखि आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीको माग तत्काल सम्बोधन गर्न माग पर्ने क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिलन राईले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिए । उनले पार्टी फुटपछि पुनर्गठनपछि बसेको विशेष बैठकले गरेको निर्णय सुनाउन लागेको बताए ।

आफ्नो संगठले १९९७ सालदेखि आजसम्म विद्यार्थीको समस्या समाधान गर्दै आएको पनि उनले स्पष्ट पारे ।

उनले अखिल क्रान्तिकारीले स्थापनादेखि विद्यार्थी आन्दोलन २०७६ असोज १२ को घटनासम्म आउँदा गौरवपुर्ण इतिहास बोकेको सुनाए । उनले ठुलो पार्टीमा जस्तै विद्यार्थीहरुमा पनि संसद्परस्त र संसदवादीहरुको विभाजन भएको सुनाए ।

उनले पार्टीको आठौं महाधिवेशनमा संसदमा प्रवेश गर्ने वहस भएपनि खासै महत्व नदिएको सुनाए । राईले संसदबाट मुलुक र जनताको हित नहुने ठोकुवा गरे ।

जनताको संसदीय व्यवस्थाविरुद्ध जान हुँदैन भन्दा पार्टी विभाजन भएको उनले जानकारी दिए ।

क्रान्तिकारी आन्दोलननै विरासतलाई जोगाउँदै आएको भन्दै उनले संसदवादलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनले भने,‘एकता भन्दा विभाजन नमिठो भएपनि लक्ष्य प्राप्तीका लागी पार्टी विभाजन हुन पुग्यो ।’

सह–संयोजक विरेन्द्र शाहले पछिल्लो समयमा राज्यको अवस्था डामाडोल भएको बताए । सबै सरकारी विद्यालयहरुको अवस्था अत्यन्त्तै नाजुक देखिएको उनको भनाई थियो ।

उनले भने,‘अझैपनि सरकारी क्षेत्रका विद्यालयमा सबै सुविधा पाएका छैनन् । सजिलै शिक्षा लिन पाउँदैनन् ।’ कुनै पनि विश्वविद्यालयमा शैक्षिक क्यालेन्डरअनुसार पढाई नभएको उनले दाबी गरे ।

विश्वविद्यालयमा कर्मचारी तथा विद्यार्थीहरु कसैले पनि हलचल नगरेको उनले आरोप लगाए । ‘विश्वविद्यालय मसान घाट जस्तो सुनसान छन् विद्यार्थीहरु आफ्नो बारेमा मात्र सोच्छन् । बाहिरको बारेमा केही सोचेका छैनन् ।’–उनले भने ।

सबै मानिसमा व्यक्तिगत सोच हावी भएको सुनाउँदै व्यक्तिवादी सोचले देशको विकास नुहने उनको भनाई थियो । उनले भने,‘व्यक्तिगत सोचले देशको भलो हुँदैन् र देशको भलो भएमात्र व्यक्तिको भलाई हुन्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार