असार २४, २०८२ मंगलबार July 8, 2025

पूर्वी सहर सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्दै युक्रेनी फौज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वीसहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको रस्साकस्सीबीच युक्रेनी सेनाले सहरको केही भाग आफ्नो कब्जामा लिन सफल भएको हो ।

आफ्ना सेनाले आक्रमणकारी रुसी फौजलाई पछाडि धकेलेको गभर्रनरले जनाएका छन् । गर्भनर सर्गी हाइदाईले भने कि रुसीहरूले यसअघि देशको पुरानो औद्योगिक सहरलाई रुसी सेनाले लगभग ७० प्रतिशत कब्जा गरिसकेको बताएका थिए । तर, युक्रेनी सेनाले सेभेरोदोनेत्स्कको ठूलो हिस्सा पुनः प्राप्त गरेको उनले बताए । रुसी सेनाको मुख्य निशाना बनेको सो सहर केही सातादेखि निरन्तरको गोलाबारीमा परेको छ ।

यसैबीच, सेभेरोदोनेत्स्कमा लडाइँ जारी रहेको गभर्नर हाइदाईले बताएका छन् । शनिबार एउटा टेलिग्राम पोस्टमा हाइदाइले पछिल्लो २४ घन्टामा युक्रेनी फौजले ९ ओटा हमलाको प्रतिकार गरेको बताए । युक्रेनी फौजले रुसी सेनाको एक एक ओटा ट्यांक र तोपखाना र ८ वटा सशस्त्र गाडी ध्वस्त पारेको दाबी गरेका छन् ।

वायु रक्षा इकाइले एउटा क्रुज मिसाइल र तीन ओटा मानवरहित हवाई साधन खसालिदिएका उनले दाबी गरे । रूसी सेनाहरूले आफ्ना सबै भण्डारहरू सेभेरोदोनेत्स्कमा फ्याँकिरहेका छन्’, उनले भने, ‘मानवीय अवस्था यति भयावह छ की सहरमा खाना र औषधि पुर्‍यायाउन असम्भव छ । ’

अमेरिकाले प्रदान गरेको नयाँ तोपाखाना निर्णायक हुने उनले बताए । सो हतियारमार्फत् रुसी फौजलाई खेद्ने उनको भनाइ छ । शुक्रबार राति नियमित सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना ‘विश्वको दोस्रो सेना’ भन्दै खिल्ली उडाएका थिए । सम्बोधनका क्रममा उनले रुसी सेनासँग अब तितो मुस्कान, युद्ध अपराध, घृणा र अपमान बाँकी रहेको टिप्पणी गरे ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार