कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

‘जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुपर्छ’ – अमिक शेरचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनप्रतिनिधिले जहिले पनि जनताको जीवनस्तर परिवर्तनका लागि सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारको पालना गर्दै सहकार्य, सहअस्तित्वको भावनाअनुरूप अगाडि बढाएको बताउँदै संविधानको पूर्ण पालना र जनताको सेवा गर्नका लागि अनुरोध गर्नुभयो ।

प्रदेशका स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिका लागि आज कपिलवस्तुमा आयोजित बधाई तथा शुभकामना एवं शासन सञ्चालनसम्बन्धी अन्तरक्रियामा उहाँले जनताले दिएको मतको कदर गर्दै अर्को कार्यकालमा पनि जनताले फेरि निर्वाचित गराउने गरी काम गर्नका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई समन्वय गरी प्रदेशवासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले जनताले दिएको मतको सम्मान गर्दै आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा जनताका आधारभूत आवश्यकताअनुसार प्राथमिकताका योजना निर्माण गरेर बजेट प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले जनताको प्रतिनिधिले सधैँ जनताप्रति उत्तरदायित्वलाई पूरा गर्नका लागि अगाडि बढ्न अनुरोध गर्नुभयो ।

अन्तरक्रियामा सङ्घीयताका विज्ञ खिमलाल देवकोटाले स्थानीय तह शासनको सुधार गर्नका लागि आम जनतालाई समुचित विकास र अधिकारको समुचित वितरण गरेर आम जनतालाई सरकारसम्म जोड्ने नै भएकाले सङ्घीयतालाई बलियो बनाउनेतिर लाग्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारका पूर्वप्रमुख सचिव लीलामणि पौडेलले सङ्घीयताको मर्म र भावनाको विकासलाई अगाडि बढाउँदै काम गर्नका लागि सबैलाई अनुरोध गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार