मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अमेरिकी रक्षामन्त्रीले अर्को हप्ता चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी हप्ता रक्षामन्त्री स्तरीय शिखर सम्मेलनका लागि सिंगापुर यात्राको समयमा पहिलो पटक आफ्ना चिनियाँ समकक्षीलाई भेट्ने तयारी गर्नुभएको अमेरिकी सञ्चारमाध्यम (सीएनएन) ले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शनिबार समाचारमा उल्लेख गरेको छ ।

रक्षा अधिकारीले भने, “अस्टिन र चीनका राष्ट्रिय रक्षा मन्त्री जनरल वेइ फेन्घेबीचको भेटवार्ताको मिति र समय तय भने अहिलेसम्म भएको छैन ।”

अस्टिनले आगामी शनिबार (जून ११) मा साङ्ग्रिला संवाद नाम दिइएको रक्षामन्त्री स्तरीय सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सिएनएनले रिपोर्ट गरेअनुसार अप्रिल २० मा अस्टिन र वेइले करिब ४५ मिनेट टेलिफोन सम्वाद गरेका थिए ।

यो अमेरिकी रक्षामन्त्रीको एक बर्षभन्दा पहिले डोनाल्ड ट्रम्प राष्ट्रपति रहेको समयदेखि संवादहीन दुई विदेशमन्त्रीबीचको संवादहीनताको अवस्थालाई तोड्दै आफ्ना चिनियाँ समकक्षीसँग सम्बन्ध सुधारका लागि पहल थाल्ने सङ्केत हो ।

पेन्टागन स्रोतले भने चिनियाँ समकक्षीसँगको वार्ताबारे कुनै कार्यक्रम तय भइनसकेको जनाएको छ । अर्का वरिष्ठ अमेरिकी रक्षा अधिकारीले केही हप्ता पहिले भनेका थिए, “चिनियाँ विदेशमन्त्रीसँगको पहिलो कुराकानी राम्रो थियो । विभिन्न विषयमा छलफल गरिएको थियो । स्पष्टतः इन्डो–प्यासिफिकमा सुरक्षासम्बन्धी विवादहरू देखिए । मेरो विचारमा यो बिषयलाई म अहिले यतिमा नै सीमित गर्नु उचित होला ।”

अस्टिनले बारम्बार चीन रक्षामन्त्रालयका लागि ‘निरन्तर चुनौती’ बताउँदै आउनुभएको छ । यूक्रेनमा रूसको चलिरहेको युद्धसँग पनि संयुक्त राज्य अमेरिकाका लागि इन्डो–प्रशान्त क्षेत्र अमेरिकी प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इन्डो–प्रशान्त राष्ट्रहरूले पारदर्शीता, मार्ग–निर्देशनको स्वतन्त्रता, विवादको शान्तिपूर्ण समाधान र सार्वभौमिकता सार्वभौम राष्ट्रहरूको क्षेत्रीय निष्ठामा आधारित बिषय बताउँदै आएका छन् ।”

थप तर्क पेश गर्दै उहाँले भन्नुभयो, “साथै, हामीले यी साझा सिद्धान्तहरूमा आक्रमण कस्तो देखिन्छ भन्ने पनि देखेका छौं, दक्षिण चीन सागरमा जनवादी गणतन्त्र चीन र रूसको ‘हस्तक्षेप’विरूद्ध हामी यस क्षेत्रका लागि अझ पारदर्शी र समावेशी सुरक्षा व्यवस्था निर्माण गर्न सक्रिय तापूर्वक काम गर्दैछौं ।”

यस हप्ताको सुरुतिर अमेरिकी संसदीय प्रतिनिधिमण्डल ताइवान भ्रमण गर्दा वासिङ्टन र बेइजिङबीचको तनावग्रस्त सम्बन्धले थप चर्चा पाएको थियो ।

यसको जवाफमा वासिङ्टनस्थित चिनियाँ दूतावासबासका अनुसार ‘ताइवान स्वतन्त्रता’ का नाममा पृथकतावादी शक्तिमा गलत संकेत नपठाउन’ आग्रह गर्दै अमेरिकासँग कडा प्रतिवाद गरेको थियो ।

उल्लेखनीय कुरा के छ भने, चीनले सोमबार ताइवानी आकाशमा ३० वटा लडाकू विमानहरू पनि पठाएको थियो जुन चार महिनामा सबैभन्दा बढी हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार