असार ३०, २०८२ सोमबार July 14, 2025

आइटिएफ तेक्वान्दो: रिकेश च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेस्राे भए ।

दोस्रो एका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट ३ खेलाडी छनोट भएर आउनु पर्ने प्रावधान थियो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिंङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए ।

‘यस किसिमका व्यवसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ । मैले यो खेललाई नवौं राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु ।

आशा छ, सबै खेलाडीले राम्रो प्रदर्शन गर्नु हुने छ’ सदस्य–सचिव घिसिङले भने– ‘यस प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकले  यहाँको सभ्यता र सँस्कृति देशभर पुर्याउनु हुनेछ । यसले खेलको विकास मात्र नभइ यहाँको पर्यटन विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’

नेपाल अन्तराष्ट्रिय आईटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले पछिल्ला समय नेपालको खेलकुदमा सदस्य–सचिव घिसिङको निरन्तरताले आशाको किरण पलाएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार