कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

सुर्खेत जिसस निर्वाचन : २७ जेठमा मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि यही जेठ २७ गते मतदान हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको दाबी–विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने, उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, बुधबार उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने, बिहीबार उम्मेदवारलाई चिह्न प्रदान गर्ने र शुक्रबार अर्थात् जेठ २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरिएको छ ।

जिससमा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । जिल्लामा नौ पालिकाका गरी १८ मतदाता छन् । सुर्खेतमा जिसस गठनका लागि कुनै दलसँग पनि स्पष्ट बहुमत छैन । नेकपा (एमाले)का नौ, नेपाली कांग्रेसका आठ र नेकपा (माओवादी केन्द्र)का एक मतदाता छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
७७ वटै जिल्लाबाट स्थानीय तहका सम्भावित उम्मेदवारको नाम सङ्कलन गर्दै जय नेपाल पार्टी
२०८३ कार्तिक ३०, सोमबार
न्युजिल्यान्डको सेवा क्षेत्रमा साढे तीन वर्षयताकै उच्च वृद्धि, अर्थतन्त्रमा सुधारको सङ्केत
२०८३ कार्तिक ३०, सोमबार
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री
२०८३ कार्तिक ३०, सोमबार
कांग्रेसले जनजीविकाका मुद्दा सशक्त रूपमा उठाउनुपर्छ : महामन्त्री पौडेल
२०८३ कार्तिक ३०, सोमबार
पार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेल
२०८३ कार्तिक ३०, सोमबार
माङसेबुङमा नि:शुल्क आँखा शिविर
२०८३ कार्तिक ३०, सोमबार
नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना
२०८३ कार्तिक ३०, सोमबार