असार ३०, २०८२ सोमबार July 14, 2025

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पोखरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ  ।

सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणाले बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको जानकारी दिए। प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन् । प्राप्त अङ्कका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

विश्व तेक्वान्दो सङ्घले मान्यता प्राप्त गरेको ‘जि टु’ खेल खेलाइने भएकाले सहभागी सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।

नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताए । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ आठ÷आठ र जुनियरतर्फ १०-१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ  ।

प्रतियोगिताका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको र सङ्घ÷प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले बताए।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको बताइन्छ ।

प्रतियोगिताबाट नेपाली तेक्वान्दो खेलाडीले अनुभव प्राप्त गर्नसक्ने भएकाले आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीलाई सहज हुने विश्वास गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार