असार २४, २०८२ मंगलबार July 8, 2025

मोहम्मदबारे भाजपा नेताले गरेको टिप्पणी मोदीलाई महंगो साबित, १५ देशसँग कूटनीतिक विवादमा फस्यो सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्येपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ ।

इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप्पणीलाई लिएर भारत विरुद्ध आधिकारिक विरोध जनाएका छन् । ती देशले टिप्पणीलाई ‘अपमानजनक’ भनेका छन् ।

ती देशहरूले पैगम्बर मुहम्मदको अपमानको निन्दा  गर्दै सरकारले माफी माग्नुपर्ने माग गरेका छन् ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा शर्माले मुस्लिम पूजा र पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् । उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला  भाजपाका अर्का नेता जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए ।

यसैबीच, विपक्षी दलहरूले दुई भाजपा नेताविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा देशको छवि बिगारेको उनीहरूले आरोप लगाएका छन् ।

खाडी देशमा विरोध चर्किएपछि भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक ट्वीट र टिप्पणीले ‘कुनै पनि हिसाबले सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने’ जनाएको छ ।

यसैबीच, विवादास्पद टिप्पणी गरेको भन्दै भाजपाले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन र नवीन जिन्दललाई निष्कासन गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार