असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिड भाइरस महामारीले विगत दुई वर्षयता विश्वभर असर गरेको छ । घातक भाइरसले लाखौं मानिसको ज्यान लिनुका साथै लाखौंलाई शोकाकुल बनाएको छ । भाइरससँग लड्न कोभिड खोप पनि विकसित भए । तथापि, विश्वले विभिन्न भागहरूमा समान रूपमा खोप वितरणमा चुनौती सामना गर्‍यो ।

उच्च तथा मध्यम आय भएका देशले आफ्ना नागरिकलाई पहिलो र दोस्रो डोज खोप दिइरहेका बेला अधिकांश अफ्रिकी देश खोपबाट बञ्चित रहे । धेरैको जीवन बचाउन र संक्रमण फैलिनबाट रोक्न तथा खोपको आवश्यक भएका मानिसहरूमा पुर्‍याउन खोप पर्याप्त रहेको विश्व स्वास्थ्य संगठनले एक पटक जनाएको थियो ।

हालसालै सार्वजनिक भएको एउटा रिपोर्टले पनि सोही विषयलाई प्रकाश पारेको छ । अमेरिकी सञ्चार माध्यम एनबीसीका अनुसार सन् २०२० को डिसेम्बरदेखि मेको मध्यसम्म अमेरिकामा ८ करोड २० लाख कोभिड खोप हिनामिना भएका छन् । रोक नियन्त्रण तथा रोकथाम केन्द्रलाई उदृत गर्दै एनबीसीले ठूलो परिमाणमा कोभिड खोप खेरा गएको उल्लेख गरेको हो ।

यसअघि फेब्रुवरीको सुरुमा सीडीसीले कोभिड खोपको माग घट्दै जाँदा थप खोप खेरा जाने  सावधानी दर्शाएकाे थियो ।  सीडीसीले आफ्नो वेबसाइटमा यस्तो भनेको थियो, ‘भ्याक्सिन प्रशासनको दर सुस्त हुँदै जाँदा र  प्रदायकहरूले सम्भव भएसम्म प्रत्येक डोज प्रयोग गर्न उत्तम अभ्यासहरू पालना गरिरहँदा पनि प्रयोग नगरिएको डोजलाई शिशिमा छोड्ने सम्भावना बढ्न सक्छ ।’

रिपोर्टअनुसार बिरामीलाई खुवाउनुअघि नै खोप एक्सपायर भएकाले ठूलो हिनामिना भएको हो । शिशिहरू फ्रिजमा राख्नुपर्ने  भएकाेमा केही डोजहरू लोडसेडिङका कारण हिनामिना भएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार