काठमाण्डौं : दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले चीन, जापान, रुस र संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ।
सियोल नेशनल युनिभर्सिटीका प्रोफेसर चुंग जे-होलाई चीनको लागि दक्षिण कोरियाली राजदूतको रूपमा नियुक्त गरिएको हो।
सन् १९९३ मा युनिभर्सिटी अफ मिशिगनबाट विद्यावारिधिको उपाधि प्राप्त गरेपछि चुङले हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा अध्यापन गरेका थिए।
चुङ सन् २००७ मा रेन्मिन युनिभर्सिटीका भिजिटिङ प्रोफेसर र इन्स्टिच्युट फर चाइना स्टडीज र सेन्टर फर इन्टरनेशनल स्टडीजका पूर्व निर्देशक समेत थिए।
कोरिया राष्ट्रिय कूटनीतिक एकेडेमीका पूर्व प्रमुख युन डुक-मिनलाई जापानका लागि राजदूतका लागि नियुक्त गरिएको छ भने पूर्व राष्ट्रपतिका विदेश मामिला सचिव चाङ हो-जिनलाई रुसका लागि राजदूत नियुक्त गरिएको छ।
त्यस्तै बेलायतका लागि पूर्व राजदूत ह्वाङ जुन–कुकलाई संयुक्त राष्ट्रसंघका लागि राजदूत नियुक्त गरिएको छ । रासस/एएनआई/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया