असोज १४, २०८३ बुधबार September 30, 2026

अब ह्वाट्सएपले नयाँ डिभाइसमा लगईन गर्दा दुई पटक ओटीपी पठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ह्वाट्सएपले सुरक्षाको दायरालाई बढाउँदै नयाँ लगईनमा ‘डबल भेरिफिकेसन’ को तयारी गरेको छ । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार कम्पनीले आउँदो बेटा भर्सनमा यो फिचर उपलब्ध गराउने छ ।

यो फिचर आईओएस र एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध हुने जनाइएको छ । केही समय अघिमात्रै डिलिट भएको म्यासेज फर्काउन सकिने फिचर उपलब्ध गराएको कम्पनीले अब भने अकाउन्टको सुरक्षाका लागि यो फिचर उपलब्ध गराउने भएको हो ।

योसँगै यदि तपाईंले नयाँ फोनमा ह्वाट्सएप लगईन गर्न खोज्नुभयो भने हाल जस्तो एक पटकको ओटिपी कोडले मात्रै काम गर्ने छैन् ।

ह्वाट्सएपले लगईन गर्न खोजिएको नम्बर अर्को मोबाइलमा लगईन भएको भन्दै  तपाईंको हो कि हाेइन भनी परीक्षण गर्नका लागि दोहोरी भेरिफिकेसन कोड पठाउने छ । त्यसका लागि केही समय पर्खिनुपर्ने हुन्छ ।

ह्वाट्सएपले उक्त परीक्षणका लागि समय दिने र उक्त समयमा आएको कोड राखेर मात्रै अकाउन्टमा पहुँच बनाउन सकिने बनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार