असार ३०, २०८२ सोमबार July 14, 2025

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भैरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा  मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको हो । अन्जन बिष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४ औं मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । ४१ औं मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन ।

पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अन्जन बिष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए । त्यसपछि मनाङले लगातार आक्रमण गरेपनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बुधबार मकवानपुरको विजय यूथ नव जनजागृति क्लव सिमराको खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ क्लवको सहभागिता छ । मनाङ मस्र्याङ्दी सँगको खेलमा नेपाल पुलिस क्लबको प्रशिक्षक र खेलाडी गरी तीनजनाले रातो कार्ड पाएका छन् । प्रशिक्षक अनन्तराज थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन् । श्रेष्ठले मैदान प्रवेश नगर्दैै रातो कार्ड पाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार