असार २४, २०८२ मंगलबार July 8, 2025

भारतमा थप सात हजार ५८४ नयाँ सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा बिहीबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा थप सात हजार ५८४ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार २६७ छन् । यो कुल सङ्क्रमितको ०.०८ प्रतिशत भएको जनाइएको छ । हिजो कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या ३२ हजार ८९८ थिए ।

बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७० प्रतिशत छ ।

गत २४ घण्टाको समायावधिमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन् ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाखभन्दा बढी डोज खोप लगाइएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया