मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पोखरा स्पोर्टस अवार्ड असार तेस्रो साता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार १८ गते शनिबार हुने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम विश्व खेलकुद पत्रकार दिवसको सन्र्दभ पारेर गर्ने निर्णय भएको महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । अर्वाडको मिति घोषणा गरिएसँगै कार्यक्रमलाई भव्य बनाउन तयारी तिव्र पारिने महासचिव पौडेलको भनाइ छ ।

अवार्ड कार्यक्रमलाई थप व्यवस्थित बनाउन मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी, अवार्ड कार्यक्रमलाई आर्कषक बनाउन सल्लाह सुझाव लिन जेठ २८ गते मञ्चमा आवद्ध सदस्यहरुको बीचमा वृहत्त भेलाको आयोजना तय भएको पनि महासचिव पौडेलले बताउनुभयो ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीननाथ बरालको भनाइ छ ।

‘‘खेल क्षेत्रमा अगाडि बढ्ने खेलाडीलाई उत्प्रेरणा प्रदान गर्नको लागि अवार्ड कार्यक्रम गर्न लागेका हौं, सबैको साथ र सहयोगमा अवार्ड कार्यक्रमलाई सम्पन्न गर्नेछौं,’’ अध्यक्ष बरालले भन्नुभयो । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रममा सहयोग गर्न सबै खेलप्रेमी महानुभावलाई उहाँले आग्रह गर्नुभयो ।

पोखरा सभागृह हलमा हुने कार्यक्रममार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

अवार्ड कार्यक्रमको थप आर्कषणमा सांस्कृतिक कार्यक्रम समेत रहनेछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । मञ्चमा गण्डकी प्रदेशका ५६ जना पत्रकार आवद्ध छन् । मञ्चले २०७३ सालबाट अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार