असार ३०, २०८२ सोमबार July 14, 2025

आईसीसी विश्वकप लिग : नेपाल ओमानसँग १३ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९८ रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाउनुभयो । देव खनालले ३४, रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनुभयो ।  विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र नेपाली सिनियर टोलीका डेब्यु गर्नुभएका सुनिल धमलाले १२ तथा करण केसीले ८ रन जोड्नुभयो ।

ओपनर सुवास खकुरेलले ३ र कप्तान सन्दीप लामिछाने २ रन बनाउमा आउट हुनुभयो । सुशन भारी सुन्य रनमा अविजित रहनुभएको थियो । बलिङमा नेपालका ओमानका जिसन मक्सुद र खवर अलिले तीनतीन विकेट लिनुभयो । बिलाल खानले दुई विकेट भाmर्नुभयो । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

ओमानका लागि जिसन मक्सुदले अविजित १ सय ४ रनको शतकीय इनिङ्स खेल्नुभयो । खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसीले पाँच विकेट लिनुभयो । ३८ रन खर्चिएर पाँच विकेट निुभएका करण एकदिवसीय अन्तराष्ट्रियको एउटै खेलमा नेपालका लागि पाँच विकेट लिने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले पनि पाँच विकेट लिनुभएको थियो । सन्दीपले दुई तथा सोमपालले एक विकेट लिनुभयो ।

यस हारसँगै लिगमा १३ खेल सकेको नेपाल १२ अंक सहित छैटौं स्थानमा छ । ४२ अंक बनाएको ओमान शीर्षस्थानमा छ । दोस्रो खेलमा नेपालले शनिबार मेरिकाविरुद्ध खेल्नेछ । तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ ।

लिग–२ अन्तर्गत सिरिजमा यसअघि १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार