असार २४, २०८२ मंगलबार July 8, 2025

राज्यसभा निर्वाचनः राजस्थानका सबै सिटमा कांग्रेस बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ।

कुल १६ सिटका लागि कडा प्रतिस्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ सिटमा भने भारतीय जनता पार्टी (भाजपा) नै विजयी भएको छ। भाजपाले हरियाणा, महाराष्ट्र र कर्नाटकमा जित हासिल गरेको हो।

स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो। यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्ध्र प्रदेश, विहार, उडिसा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया