असार २४, २०८२ मंगलबार July 8, 2025

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार ध्वस्त भएको वा क्षतिग्रस्त भएको तथा पानीमा ढल मिसिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

हैजा साधरणतया दूषित पानी वा खानेकुरा सेवन गर्दा सर्छ । सरसफाइसँग यसको नजिकको सम्बन्ध छ । मारिऊपोलमा छरिएका शव र फोहोरका कारण अस्वस्थ वातावरण छ । यसअघि पनि मारिऊपोलमा सङ्क्रमण देखिएको थियो । विगतका महिनामा केही मानिसमा हैजा पुष्टि पनि भएको थियो ।

यो सहरमा यूक्रेनले नियुक्त गरेका नगरप्रमुख भोडिम बोएचेन्कोले ‘हैजा, झाडापखाला र अरू सङ्क्रामक रोगहरू सहरमा देखा परिसकेको’ बताउनुभयो । उहाँले ठूलो स्तरको महामारी नियन्त्रण गर्ने उद्देश्यले सहरलाई बन्द गरिएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि सहर रूसी सेनाको कब्जामा रहेकोले यसको स्वतन्त्रतापूर्वक पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

यद्यपि रूसले नियुक्त गरेका नगरप्रमुखले भने नियमित रूपमा परीक्षणहरू गर्ने गरिएको भन्दै हैजाका बिरामी फेला नपरेको दावी गरेका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले मारिऊपोलबाट आफूले सीमित सूचना प्राप्त गरिरहेको जनाउँदै यूक्रेनको नियन्त्रणमा रहेका भूभागमा परीक्षण गरेको र कुनै पनि घटना फेला नपरेको जनाएको छ ।

युद्धका कारण मारिऊपोलको पिउने पानी प्रणालीमा पनि क्षति पुगेको छ । यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसङ्घले पानीसँग ढल मिसिएको भन्दै त्यसबाट हैजाको जोखिम रहेको बताएको थियो । रेडक्रसले सरसफाइसँग सम्बन्धित पूर्वाधारमा क्षति पुग्दा त्यसले पानीबाट सर्ने रोगहरूको सङ्क्रमण फैलिने जोखिम देखिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया