असार ३०, २०८२ सोमबार July 14, 2025

आइसीसी पुरुष विश्वकप क्रिकेटः नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै एक एक अङ्क बाँडेका छन् ।

नेपालले दिएको २७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर १७४ रनको योगफल बनाएपछि खेल बराबरीमा सकिएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन बनाए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रन जोडे ।

नेपालका आदील अन्सारीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १÷१ विकेट लिए ।

अमेरिकालाई जितको लागि अन्तिम छ बलमा छ रन चाहिएको थियो तर नेपालका आदील अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबरीमा ल्याए । निकै रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो ।

 पाँचौ बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबरीमा सकियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै आसिफ शेखले ६१ रन जोड्दा देव खनालले ५४ रन बनाए । आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट भए । कप्तान सन्दीपले १० रन बनाए । आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ र  सुशन भारीले १ बनाए ।

अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए भने अलि खान र सौरभ नेत्रभाल्करले २-२ विकेट लिए । खेलमा आदील प्लेयर अफ द म्याच घोषित भए । उक्त सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो । अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मङ्गलबार खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार