असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रसङ्घीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ ।

उनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् । साथै उनीहरुका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी शक्ति राष्ट्रहरुसँगको इरानको आणविक सम्झौतका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार