असार २४, २०८२ मंगलबार July 8, 2025

जापानमा जुलाई १० मा माथिल्लो संसदको निर्वाचन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ ।

माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।

निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ । त्यसका लागि दलहरुले भने अवदेखि नै तयारी थाल्ने भएका छन् ।

जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलरस’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ ।

जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन । उनीहरुको कार्यकाल छ बर्षको हुनेछ । माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई बर्ष बढी हो ।

त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० बर्षको हुनुपर्नेछ, जवकी तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ बर्षको भए पुग्ने व्यवस्था छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया