असार २४, २०८२ मंगलबार July 8, 2025

युक्रेनका राष्ट्रपति र क्यानाडाका प्रधानमन्त्रीबीच रक्षा सहयोग बारे फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेन राष्ट्रपति र क्यानाडाका नेताका बीचमा युक्रेनका लागि आवश्यक रक्षा सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

युक्रेन राष्ट्रपति भोलोदमिर जेलिन्स्किी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउबीच सो वार्ता भएको हो । त्यस वार्ताका क्रममा उहाँहरुका बीचमा हाल युक्रेनलाई आवश्यक पर्ने रक्षा सम्बन्धी सहयोगको आदान प्रदान गर्ने विषयमा छलफल भएको बताइएको छ ।

युक्रेन राष्ट्रपति जेलिन्स्किीले मंगलबार ट्वीट गरेर दिनुभएको जानकारीअनुसार उहाँ र क्यानाडाका प्रधानमन्त्रीका बीचमा फोनमा वार्ता भएको थियो र युक्रेनलाई आगामी दिनमा आवश्यक पर्ने रक्षासम्बन्धी सहयोगका बारेमा कुराकानी भएको थियो ।

रुसले अहिले पनि युक्रेनमा हमला गरिरहेकाले यहाँ प्रतिरक्षाका लागि सहषेग आवश्यक रहेको बताइएको छ । यसअघि पनि क्यानाडाले युक्रेनलाई रक्षा सम्बन्धी सहयोग गर्दै आएको बताइएको छ । गत हप्तामात्र क्यानाडाका रक्षामन्त्री युक्रेनको भ्रमणमा पुगेर आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया