असार २४, २०८२ मंगलबार July 8, 2025

बेलायतमा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार बेलायतमा बुधबारसम्ममा मङ्कीपक्सका बिरामीको संख्या ५०० नाघेको छ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले इङ्गल्याण्डमा ५२ मङ्कीपक्सका घटनाहरू दर्ता भएको बताइएको छ । स्कटल्याण्डमा एक र वेल्समा एक जना थप सङ्क्रमित सहित बेलायतमा मङ्गलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५२४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि भएको छ  ।

“नजिकको सम्पर्क र यौनसम्पर्कमा रहेका व्यक्तिहरूमा सङ्क्रमण बढ्दो पाइएको छ । समलिङ्गी, उभयलिङ्गी वा  अन्य प्रकारले  यौन सम्पर्कमा रहेका व्यक्तिहरूमा यस्तो सङ्क्रमण देखिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका सङ्क्रामक रोग महामारी विज्ञानका प्राध्यापक डेभिड हेम्यानले भने  कुनै निश्चित समूह वा व्यक्तिहरूलाई लक्ष्यित गरी सङ्क्रमित हुन सक्ने भन्नु गलत हुने बताएका छन् ।

“यद्यपि समग्र जोखिम सानो देखिन्छ, सबैजना सतर्क रहनु पर्छ किनकि सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले यस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । सङ्क्रमण भएको कसैको नजिकको सम्पर्कमा पर्दा जो कोहीलाई पनि असर गर्ने सम्भावना हुन्छ,“ हेम्यानले भने। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार