असार ३०, २०८२ सोमबार July 14, 2025

महिला टी-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍याे ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाइन् । यसबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानकी गावाङ छोडेनले आठ, सोनम पाँच र पेमा सेल्डोनले चार बनाइन् ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताले सर्वाधिक चार विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी संगिताले ६ रनमात्र खर्चिइन् । यस्तै, कविता कुँवर र सीता मगरले समान दुई विकेट लिँदा अस्मिान कर्माचार्य र इन्दु वर्माले एक–एक विकेट हात पारे ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

खराब सुरुवात गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो । त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाएका थिए ।

चौथो विकेटका लागि उनीहरुले ३२ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिइन् । अन्य दुई बलरले एक-एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार