असार २४, २०८२ मंगलबार July 8, 2025

इरानी लडाकू विमान दुर्घटना, जहाज चालक सुरक्षित अवतरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : इरानको मध्य प्रान्त इस्फाहानमाा शनिबार एफ–१४ लडाकू विमान दुर्घटनाग्रस्त हुँदा चालक सुरक्षितरूपमा बाहिर निस्किएका आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

लडाकू मिसनमा रहेको अवस्थामा इन्जिनमा प्राविधिक खराबी आएपछि दुर्घटना भएको इस्फाहान प्रान्तमा इरानी सेनाका प्रवक्तालाई उद्धृत गर्दै इरनाले जानकारी दिएको छ ।

जहाजका चालक  र सहचालकबाहिर निकाल्न सफल भएका तर घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

दुर्घटनामा कसैको मृत्यु नभएको सेनाका प्रवक्ताले जानकारी दिएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया