असोज १४, २०८३ बुधबार September 30, 2026

‘आईफोन १४ प्रो’ मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आईफोनको इतिहासमा पहिलो पटक एप्पलले आफ्ना नयाँ आईफोनमा फरक चिपसेट जेनेरेसनहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

बजारमा सार्वजनिक हुने तयारीमा रहेको आईफोन १४ सिरिजका फोनहरूको विषयमा विभिन्न जानकारी बाहिरिने क्रम जारी छ ।

यसैबीच आईफोन १४ को पर्फर्मेन्स स्पिडलाई लिएर नयाँ जानकारी बाहिरिएको छ । प्राप्त जानकारी अनुसार एप्पलको नयाँ ए१६ चिप अब प्रो मोडेलहरूमा मात्र नभई अरु मोडेलमा पनि उपलब्ध गराइनेछ ।

२०२१ मा सार्वजनिक गरिएको ए१५ को तुलनामा ए१६ चिपसेटको पर्फर्मेन्स निकै नै छिटो हुने बताइएको छ ।

ए१५ को तुलनामा ए१६ को सीपीयू ४२ प्रतिशत छिटो हुनेछ भने जीपीयू ३५ प्रतिशतले छिटो काम गर्ने दाबी छ । यसले गर्दा यो चिपसेट भएको फोनले कति फास्ट काम गर्नेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैगरी ब्याट्रीको क्षमता पनि वृद्धि हुने बताइएको छ । बाहिरिएको जानकारी अनुसार आईफोन १४ प्रो को मोडेलहरूको फोन १६ मिनेटमा नै ५० प्रतिशत चार्ज हुने बताइएको छ भने ब्याट्री टिक्ने क्षमता पनि दुई घण्टा बढिले वृद्धि गरिएको बताइएको छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार