असार २४, २०८२ मंगलबार July 8, 2025

अग्निपथको विरोधमा भारत बन्दः बिहारका २० जिल्लामा इन्टनेट सेवामा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अप्नाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ ।

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ । रक्षा खर्च कटौती गर्ने बाहनामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् । सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । त्यस्तै, करोडौँ मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पु¥याएका छन् ।

बिहारमा २५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । आन्दोलनकारीले बिहारमा रेललाई निशाना बनाउँदै आएका छन् । बिहार सरकारले अतिसंवेदनशील मानिने पार्टी कार्यालयहरूमा सुरक्षा बढाएको छ । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द छ ।  केरला प्रहरीले आफ्नो सम्पूर्ण बल आज हिंसा नियन्त्रणमा लगाउने जनाएको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा सोमबार स्कूलहरू बन्द गरिएका छन् ।

त्यहाँ कक्षा ९ र ११ को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् । दिल्ली नजिकैको गौतम बुद्ध नगरमा ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने निषेध आदेश लगाइएको छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार