असार २५, २०८२ बुधबार July 9, 2025

एमसीसी अध्ययन कार्यदलले ल्याएको प्रतिवेदन हुबहु पारित हुँदैन : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको अध्ययनका लागि पार्टीले बनाएको कार्यदलले ल्याएको प्रतिवेदन हुबहु पारित नहुने बताएका छन्।

बुधबार पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कार्यदलले ल्याएको कुरा पार्टीले अध्ययन गर्ने र त्यसपछिमात्रै निर्णयमा पुग्ने बताएका छन। ‘कार्यदलले जे ल्यायो त्यही पारित गर्ने भन्ने होइन्’, अध्यक्ष प्रचण्डले भने, ‘कार्यदलले राम्रोसँग अध्ययन गरेर ल्याएको कुरालाई पार्टीले अध्ययन गर्छ र निर्णय गर्छ।’

नेकपाले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खानलको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ।

अध्यक्ष प्रचण्डले एमसीसीबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भएको बताउँदै उनले कसैले पनि ठाडै स्वीकार र अस्वीकार भने नगरेको बताएका छन।

‘एमसीसी बारे केन्द्रीय समितिमा सबै समूहमा व्यापक छलफल भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले , ‘केन्द्रीय सदस्यहरुले आफूहरुले राम्रोसँग हामीले बुझ्न र जनतालाई पनि बुझाउनु प¥यो भनेका कारण सचिवालयले कार्यदल बनाएको हो । कसैबाट पनि ठाडै स्वीकार र अस्वीकार भएको छैन।’

छोटो समयमा सबैलाई बुझाउने गरी प्रतिवेदन तयार गर्नका लागि कार्यदल बनाएको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार