असार २४, २०८२ मंगलबार July 8, 2025

इन्डिगोको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा  चरा ठोकिएको छ । आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएकाे थियो ।

अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो । ‘गुवाहाटीबाट दिल्लीका लागि उडेको  इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ ।

एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घटना हो । आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठोकिएपछि आगो लागेको थियो ।  आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया