असार २४, २०८२ मंगलबार July 8, 2025

इरानमा मृत्युदण्ड बढ्दो, तीन महिनामा १०० जनालाई फाँसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उपमानवअधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

‘इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल–नासिफले भनिन् ।यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये धेरै अल्पसंख्यक समूहका थिए ।

गुटरेसको प्रतिवेदनमा लागुऔषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ । निष्पक्ष परीक्षणको मापदण्डसँग मेल नखाने गरी मृत्युदण्ड दिइने क्रम जारी रहेको उनले बताइन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार