असार २६, २०८२ बिहिबार July 10, 2025

बानेश्वरको क्याफेमा मृत भेटिए नेकपाका नेता, चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेकपाका नेता ५१ वर्षीय हरिदेव गिरीको काठमाडौँ नयाँबानेश्वरमा शंकास्पद मृत्यु भएको छ।

काभ्रे घर भएका गिरीको नयाँबानेश्वरस्थित आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ।

मंगलबार राति १० बजे रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि प्रहरीले राति १० बजे नजिकै रहेको सिभिल अस्पताल पुर्याइएका थियो।
अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन।

गिरीको मृत्युको कारण खुलेको छैन। उनी काभ्रेको बनेपास्थित नाला निवासी हुन्। अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन।

नियन्त्रणमा लिइएकामध्ये दुईजनालाई प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको र बाँकी दुई नियन्त्रणमै रहेको बोगटीले बताएका छन। गिरीले मदिरासमेत सेवन गरेको पाइएको छ।

‘उहाँको मृत्युको कारण खुलेको छैन,’ बोगटीले भने, ‘भर्याङमा लडेको अवस्थामा भेटेका हौँ, एउटा खुट्टा पनि भाँचिएको छ। छातिमा पनि छोट छ। घटनाको विस्तृत अनुसन्धान हुँदैछ। पोष्टमार्टम रिपार्ट आएपछि वास्तविकता खुल्ला।’

गिरी मंगलबार बिहानैदेखि मदिरा सेवन गरेर रेष्टुरेन्टमा बसेको त्यहाँका कर्मचारीले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार