असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो ।

पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिमा जनाइएअनुसार ती सहायता सामग्रीहरुमा टेन्ट, लत्ता कपडा, खाद्यान्न र औषधि छन् ।

ती सामग्रीहरु बिहीबार नै अफगानिस्तान पुर्‍याइने तयारी गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरनजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी एक हजार जनाभन्दा बढीको मृत्यु भएको हो ।

खोस्ट प्रान्तअन्तर्गत पर्ने स्पेरा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका बुधबार प्राप्त समाचारमा जनाइएको थियो ।

भूकम्पमा परी अहिलेसम्म एक हजार ५०० भन्दा बढी घाइते भएको विवरण प्राप्त भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । भूकम्पका कारण धेरै ठाउँका हजारौँ भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय समयानुसार बिहान १.३० बजेतिर भूकम्प आएको हो ।

घटनास्थलबाट गम्भीर अवस्थामा घाइते रहेकाहरुको उद्धार गरिएको र तथा पुरिएका वा थुनिएकाहरूलाई उद्धार गरेर हेलिकोप्टरबाट उद्धार गरिएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता परिचालित छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएअनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको थियो । तालिबान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिनुभयो । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार