असार २४, २०८२ मंगलबार July 8, 2025

ट्युनिसियाका राष्ट्रपतिलाई सुरक्षा चेतावनी आएको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ट्युनिसियाका राष्ट्रपति केयस सैयदलाई ‘गम्भीर सुरक्षा चेतावनी’ आएको छ । शुक्रबार आन्तरिक मन्त्रालयले राष्ट्रपतिलाई गम्भीर सुरक्षा चेतावनी आएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता फधिला खेलीफीले पत्रकार सम्मेलनमा भन्नुभयो, “अझै पनि चेतावनीको आधिकारिकताबारे विश्वसनीय अनुसन्धानहरू भइरहेका छन् । उहाँलाई सात्तामा आएको करिब एक बर्षमा यस्तो गम्भीर सुरक्षा चेतावनी आएको हो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिको सुरक्षालाई लक्षित गर्न र उत्तर अफ्रिकी यस मुलुकको राज्य सुरक्षालाई क्षति पु¥याउन र राजनीतिक अस्थिरता सृजना गर्ने देशी तथा विदेशी समूहहरूको योजना रहेको देखिएको छ ।” यद्यपि उहाँले खतरा वा त्यसको सुरुआतबारे थप जानकारी दिनुभएन ।

यसैबीच राष्ट्रपति सैयदका आलोचक तथा विपक्षी दलका  प्रमुख नेता अहद नेजिब चेबी उक्त दाबीमाथि आशङ्का व्यक्त गर्नुभएको छ ।

चेबीले एएफपीसँग भन्नुभयो, “यो केवल उहाँका विरोधीहरूको थप गिरफ्तारीको सफाइ दिन र आफ्ना प्रतिद्वन्द्वीहरूविरुद्ध बदला लिने षड्यन्त्र हुनसक्छ ।” रासस

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार