बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

गच्छदारलाई नियोजित रुपमा फसाइयो : कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध मुद्दा दायर गरेर नियोजित रूपमा फसाइएको कांग्रेसले जनाएको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा त्यस विषयमा कानुन व्यवसायीसँग छलफल भएको थियो ।

छलफलमा सहभागी सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘उपसभापति जीको बारेमा नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट मुद्दा भएको छ, त्यसको पार्टीले प्रतिवाद गर्छ । यो बेठीक हो । गलत हो । यो नियोजित हो । पार्टीको यो नै ठहर छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया