असार २४, २०८२ मंगलबार July 8, 2025

मेलिलाको घटना आप्रवासीले ‘प्रादेशिक अखण्डता’ मा गरेको हस्तक्षेप भएको स्पेनी प्रधानमन्त्रीको दावीे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेलिलाको सिमानामा भएको आप्रवासी गतिविधिलाई स्पेनले भौगोलिक हस्तक्षेप भएको बताएको छ ।

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा कम्तीमा १८ आप्रबासीको मृत्यु भएको थियो । सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए ।

मेलिला उत्तर अफ्रिकामा अवस्थित स्पेनको दुई स्वायत्त सहरहरू मध्ये एक हो । यो केप थ्री फोर्क्सको पूर्वी तर्फ, मोरक्कोको सिमानामा र भूमध्य सागरको सिमानामा अवस्थित छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार मोरक्कोसँग जोडिएको मेलिलाको घेरामा भएको आप्रवासी गतिविधिलाई स्पेनको ‘क्षेत्रीय निष्ठामा भएको आक्रमण’ बताउनुभएको हो ।

उहाँले यसलाई ‘मानव ओसारपसार गर्ने माफिया’ को गतिविधिका रूपमा उल्लेख गर्नुभयो । शुक्रबारको नाटकीय दृश्यहरूमा लगभग दुई हजार आप्रवासीहरूले मोरक्कोलाई स्पेनी सिमासँग छुट्टाइएको मेलिलाबाट बारहरू भत्काएर जबरजस्ती प्रवेश गर्न खोजिएको सामाजिक सञ्जालहरूमा आएका दृष्यमा देखाइएको छ ।
उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “सीमामा भएका सबै घटनामा मानव तस्कर माफिया नै जिम्मेवार रहेको प्रस्ट देखिन्छ ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार