असार २४, २०८२ मंगलबार July 8, 2025

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गर्नुभएको छ ।

दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गर्नुभएको हो । यो वास्तवमा आवश्यकभन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताउनुभयो ।

यूरोपमा प्रमुख कूटनीतिक शिखर सम्मेलनमा जानुअघि उहाँले ह्वाइट हाउसमा भन्नुभयो, “यो विधेयकले मैले चाहेको सबै कुरा गर्दैन, तर यसमा मैले लामो समयदेखि आह्वान गरेका कार्यहरू समावेश छन् जसले मानिसहरूको ज्यान बचाउनेछ ।”

शनिबार बिहान हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ । उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए ।

पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभरि २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार