श्रावण ५, २०८२ सोमबार July 21, 2025

विश्व स्मार्टफोन बजारमा आईफोन १३ हावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एप्पलको पछिल्लो उत्पादन आईफोन १३ सिरिजका उत्पादन कम्पनीका लागि सबैभन्दा उपलब्धिपूर्ण सावित भइरहेको छ । सार्वजनिक भएको नाै महिना बितिसक्दा पनि आईफोन १३ सिरिजका स्मार्टफोनले विश्वको स्मार्टफोन बजारमा राम्रो गरिरहेको अध्ययनले देखाएको छ ।

स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था काउन्टरपइन्टका अनुसार विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने उत्कृष्ट १० स्मार्टफोनको सूचीमा पहिलो चार स्थान आईफोनले ओगटेको छ । गएको अप्रिलसम्मको तथ्याङ्क अनुसार सूचीको पहिलो नम्बरमा आईफोन १३ रहेको छ ।

आईफोन १३ ले ५.५ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै दोस्रो नम्बरमा आईफोन १३ प्रो म्याक्स, तेस्रो नम्बरमा आईफोन १३ प्रो र चौथौ नम्बरमा आईफोन १२ रहेका छन् । जसले क्रमश ३.४, १.८ र १.६ प्रतिशत बजार हिस्सा ओगटेको उल्लेख छ ।

यो सूचीको पाँचौ नम्बरमा सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा रहेको छ । सामसङ ग्यालेक्सी एस२२ अल्ट्राले १‍.५ प्रतिशत बजार ओगटेको छ । त्यस्तै छैटौं र सातौं नम्बरमा क्रमश सामसङ ग्यालेक्सी ए१३ र आईफोन एसई २०२२ रहेका छन् ।

ग्यालेक्सी ए०३ कोर, ग्यालेक्सी ए५३ फाइभजी र रेड्मी नोट ११ एलटीई समेत यो सूचीमा छन् ।यसरी हेर्ने हो भने आईफोन स्मार्टफोन बजारमा हावी हुँदै आएको छ । अबको केही समयपछि आईफोन १४ को तयारीमा रहेको एप्पलका लागि यो निकै ठूलो उपलब्धि हो ।

यसले आगामी दिनमा आईफोनलाई विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्डको रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने आँकलन गरिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया