असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रपति रनिङ शिल्ड असार १८ देखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मकवानपुरको १२ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यही असार १८ गते देखि हेटौडामा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आज बसेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहबाट छनौट भएका खेलाडीहरूले जिल्ला प्रतियोगितामा भाग लिन पाउने छन् । सबै पालिकाहरूलाई छनौट गरेर खेलाडी पठाउन यस अघि नै पत्राचार भएको र केही पालिकाहरूले अझै छनौट गर्न बाँकी रहेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं निर्देशन समितिका संयोजक भेष खड्कीको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, जिल्ला शिक्षा इकाईका प्रतिनिधि, नगर खेलकुदका अध्यक्ष चन्द्र शाही, विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधि र प्रशिक्षकहरूको बैठकमा सहभागिता थियो ।

जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूले काठमाडौंमा असार २५ गते देखि हुने प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने छन् । अहिले सम्म हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका र  इन्द्रसरोबर गाउँपालिकाले स्थानीय छनौट गरेका छन् भने बकैया, गढी र कैलाशले छनौट गर्ने जानकारी दिएको दाहालले जानकारी दिए ।

राष्ट्रपति रनिङशिल्डमा एथलेटिक्स, भलिवल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलका गरी ४८ स्वर्ण पदकका लागि प्रतियोगिता हुने पनि दाहालले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार