असार ३०, २०८२ सोमबार July 14, 2025

एनआरटीको टोली मलेसिया प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मलेसियाको पेनाङमा  हुने टिवाइसी कप खेल्न जाने ३० सदस्यीय टोलीलाई न्युरोड टिम एनआरटीले सोमबार बिदाई गरेको छ ।

एनआरटीले मलेसियाको पेनाङमा  २८ जुनदेखि दुई जुलाईसम्म हुने प्रतियोगितामा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको  लिग टू क्लब कारोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने छ । लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुङ्गो लाग्ने छ ।

एनआरटी सोमबार राति पौने नौं बजे नै मलेसिया प्रस्थान गर्ने क्लबले जानकारी दिएको छ । मलेसिया र थाइल्यान्ड भ्रमणका लागि एनआरटीले पाँच विदेशी खेलाडी सहित ३० सदस्यीय टिम प्रस्थान गरेको हो ।

यस्तै एनआरटीले रन्जित धिमाल, विशाल राई, सुभाष गुरुङ, छिरिङ गुरुङ, संजोक राई र रुमेश वर्ताैलालाई अन्य क्लबबाट अनुबन्धन गरेको छ ।

एनआरटी टिमः 

रन्जित धिमाल (कप्तान) टोलो जे वेर्ट्रन्ट लान्ड्री,  पुजन होना, आन्द्रे थिएरी वियिक वियिक, सरोज तामाङ, गौरव श्रेष्ठ, छिरिङ गुरुङ, सनम लिम्बु, विशाल राई, सुवास गुरुङ, विशाल तामाङ, अशोक थापा, मेसुके ओलोमोउ, निकोलस फर्नान्डेस, दिपेश घले, कृतिस रत्न छुन्जु, सन्जिब विष्ट, स्टेफेन समिर, सन्जोग राई, रुमेश बर्तौला,बिक्रम धिमाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको माग
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार