असोज १४, २०८३ बुधबार September 30, 2026

नेपाल भित्रियो ह्वावेकाे महँगो घडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा ‘ह्वावे वाच जीटी थ्री प्राे’ माेडलकाे स्मार्टवाच भित्रिएकाे छ । १.४३ इन्चको टाइटनियम एमोलेड डिस्प्ले रहेको याे स्मार्टवाच हार्मोनी अपरेटिङ सिस्टम २.० मा आधारित छ, जुन एन्ड्रोइड ६ र आईओएस ९ माथिका डिभाइसमा पनि कम्प्याटिबल रहेको कम्पनीले जनाएको छ ।

ईसीजी, डाइभिङ मोड लगायतका फिचर रहेकाे वाचमा डुअल-ब्यान्ड ए-जीपीएस दिइएकाे छ । त्यस्तै यसले ब्लुटुथ ५.२ सपाेर्ट गर्छ ।

कम्पनीका अनुसार याे स्मार्टवाच प्रिमियम मटेरियलसहित बनेकाे छ । यसले शरीरकाे तापक्रम, मुटुकाे गति, निद्रा मापनदेखि अन्य फिटनेस ट्र्याकिङकाे काम गर्ने बताइएकाे छ ।

वाटर रेसिस्ट्यान्टका लागि आईपी६८ दिइएको याे वाचकाे तौल ५० ग्राम छ । त्यस्तै यसमा ५३० एमएएचको नन-रिमुभेबल (निकाल्न नमिल्ने) ब्याट्री रहेको छ, जसले वायरलेस चार्जिङ सपोर्ट गर्छ ।

नेपाली बजारमा यसकाे मूल्य ४७ हजार ९९० रुपैयाँ निर्धारण गरिएकाे छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार