असार २४, २०८२ मंगलबार July 8, 2025

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।

जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको झोकमा चीनका थप  पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो ।

वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ ।

तीनवटा चिनियाँ कम्पनीले रूसी सेनालाई सहयोग गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रूसलाई सामग्री आपूर्ति गरेका थिए ।

आजको कारबाहीले रूसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रूसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी वासिङटनले दिएको छ ।

कम्पनीहरू कालोसूचीमा परेपछि वाणिज्य विभागले उनीहरूका सामान स्वीकार गर्दैन र व्यापार गर्न पुनः उक्त विभागबाट अनुमति लिनुपर्ने हुन्छ । अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ ।रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार