काठमाण्डौंः इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।
प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन्।
इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउँन भने सकेको छैन । रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया