असार ३०, २०८२ सोमबार July 14, 2025

खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिन पर्छ : राष्ट्रपति भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमात्र नभई देश विकासमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

रोयल नेपाल गल्फमा शनिबार आयोजित खुला महिला गल्फ प्रतियोगिताको विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “हाम्रो देशको भौगोलिक बनोट अनुकूल मौसम भएकाले गल्फ खेलको विकासको ठूलो सम्भावना छ, त्यसैले यस खेलको प्रवद्र्धनबाट अन्तर्राष्ट्रिय खेलाडीलाई आर्कषक गरी खेल पर्यटनको विकास गर्न सहज हुनेछ ।” उहाँले खेलकुदको विकासका लागि सरकारी तथा निजी क्षेत्रसम्बद्ध सबैले खेलक्षेत्रमा लगानी गर्न पर्याप्त ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

शनिबार सम्पन्न एकदिने प्रतियोगितामा सुष्मा सिग्देलले महिला खुला गल्फ प्रतियोगिताको उपाधि हासिल गरिन् । उपाधिसहित उनले एक थान स्कुटर, रु ५० हजार र विभिन्न गिफ्टह्याम्पर प्राप्त गरेकी छन् । सोही विधाको उपविजेता भने कस्मिरा शाह भइन् । उनले रु ३० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । प्रतियोगितामा सिनियरतर्फको उपाधि रेखा घिमिरेले जितिन् भने उपविजेता कल्याणी मोक्तान भइन् । सोही स्पर्धाको विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिलाको जुनियरतर्फ आइस्टिना तण्डन विजेता र सोनी तामाङ उपविजेता भइन् । सो स्पर्धामा पहिलो हुनेले रु ३० हजार र दोस्रो हुनेले रु २० हजार प्राप्त गर्नुभयो । त्यस्तै कस्मीरा शाहले महिला बुस्ट ब्राइडस विधाको उपाधि जितिन् भने महिला लङ्गेष्ट ड्राइभको उपाधि प्रतिभा राईले उचालिन् ।

एमेच्योर गल्फर प्रतिमा शेर्पा, आश्रिया बानु र सरिताश्री ज्ञवालीद्वारा आयोजित उक्त प्रतियोगितामा ३४ जना खेलाडीले भाग लिएका थिए । नेपालकी नम्बर एक नेपाली महिला गल्फर प्रतिमा शेर्पाले यस किसिमको प्रतियोगिताले नेपाली महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी गराउन सजिलो होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको धारणा राखिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार