असोज १४, २०८३ बुधबार September 30, 2026

स्टाइल, पफर्मेन्स र माइलेजले चलेका २ स्कुटर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्कुटर पछिल्लो एक दशकमा सधैभन्दा धेरै ग्रोथ स्कुटर सेग्मेन्टमा भएको पाइन्छ । सुरुमा १०० र ११० सीसीका स्कुटर मात्रै चल्तीमा रहेको भएपनि आजकल १२५ सीसी सेग्मेन्ट निकै चर्चामा रहेको छ ।

नेपालमा १२५ सीसी सेग्मेन्टको ढोका होन्डा ग्राजिया र टीभीएस एनटर्कले खुल्ला गरेको हो । अहिले यो सेग्मेन्टमा उपलब्ध स्कुटर टीभीएस एनटर्क १२५, होन्डा ग्राजिया १२५ र यामाहा रेजेडआर १२५ उत्कृष्ट मानिन्छ ।

पेट्रोलको मूल्य आकाशिएसँगै धेरै माइलेज दिने साधन खोज्ने मानिस धेरै भेटिन्छन् । जसको कारण यी तीन स्कुटर बीच आकर्षक, पावर र माइलेजमा समेत प्रतिस्पर्धा भइरहेको छ ।

यसमा टीभीएस स्कुटर पावर र फिचरका कारण लोकप्रिय छन् भने होन्डा र यामाहाका स्कुटर माइलेजका कारण चर्चामा छन् ।

यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले रेजेडआर १२५ एफआईले ५८ किलोमिटर माइलेज दिने दावी गरेको छ । कम्पनीले समय समयमा माइलेज टेष्ट कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

त्यस्तै होन्डा मोटरसाइकल तथा स्कुटरको लागि नेपालका आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले ग्राजिया १२५ ले ५४ किलोमिटर माइलेज दिने दावी गर्दै आएको छ । कम्पनीले जिम्मेवार नागरिक भन्दै पेट्रोल बचत गर्ने क्याम्पेनै चलाउँदै आएको छ ।

बजारमा उपलब्ध दुई माइलेज धेरै दिने स्कुटर होन्डा ग्राजिया र यामाहा रेजेडआर बीचको तुलनात्मक विभिन्नता यहाँ उल्लेख गरेका छौं ।

लुक्स

यी दुबै स्कुटर आकर्षक डिजाइनमा रहेको छन् । यी दुबै स्कुटरको बडी मस्कुलर र एग्रेशिभ रहेको छ ।

इन्जिन

होन्डा ग्राजियामा १२३.९७ सीसी फोर स्ट्रोक फ्यान कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६००० आरपीएममा उच्चतम ८.२५ पीएस पावर र ५००० आरपीएममा उच्चतम १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

त्यस्तै रेजेडआर मा १२५ सीसी फोर स्ट्रोक एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै स्कुटरको पावर समान रहेको छ ।

ब्रेक/सस्पेन्सन/टायर

यी दुबै स्कुटरमा डिस्क ब्रेक तथा ड्रम ब्रेकको कम्बीनेसन पाउन सकिन्छ । त्यस्तै यी दुबै स्कुटरमा १२ इन्चको ट्यूवलेस टायर प्रयोग गरिएको छ । त्यस्तै होन्डा ग्राजियको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन तथा रियरमा ३ स्टेप एड्जष्टएबल स्प्रीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ ।
यामाहा रेजेडआरको फ्रन्टमा भने टेलीस्कोपीक र रियरमा यूनिट स्वीङ सस्पेन्सन पाउन सकिन्छ ।

डाइमेन्सन

यामाहा रेजेडआर यो सेग्मेन्टमा नै सबैभन्दा कम तौल भएको स्कुटर हो । यसको तौल ९९ केजी रहेको छ भने होन्डा ग्राजियाको तौल १०८ केजी छ ।

ग्राजियामा १२६० एमएमको ह्वीलवेस र ग्राउन्ड क्लियरेन्स १७१ एमएम रहेको छ । त्यस्तै रेजेडआरको १२८० एमएम ह्वीलवेस र ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ ।

फिचर

यी दुबै स्कुटरमा किक तथा सेल्फ स्टार्ट अप्सन पाउन सकिन्छ । होन्डा ग्राजियामा फुल एलइडी क्लस्टर रहेको छ भने यामाहा रेजडआरमा सेमी डिजिटल क्लस्टर पाउन सकिन्छ । मेरोअटो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार